देउवाको रोजाइमा नपरेका विश्वप्रकाश ‘ब्याक’ नहुने, महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै

२०७८ मंसिर २५ गते १२:५५

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
शर्माले दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
संस्थापन पक्षले प्रदीप पौडेललाई महामन्त्रीका रुपमा अगाडि सारेपछि असन्तुष्ट बनेका शर्माले कुन खेमाबाट उम्मेदवारी घोषणा गर्न लागेका हुन भन्ने चाहिँ खुलेको छैन् ।
संस्थापनइतर समूहको शेखर कोइराला प्यानलबाट शर्माले महामन्त्रीमा उम्मेदवारी दिने पनि बताइएको थियो । यद्यपि यसबारे अझैं प्रष्ट भइसकेको छैन् ।
प्रतिक्रिया
सम्बन्धित खवर