‘कोरोनाको जोखिम’ देखाउँदै बेनर्जी कांग्रेस महाधिवेशनमा आइनन् – Nepal Press

‘कोरोनाको जोखिम’ देखाउँदै बेनर्जी कांग्रेस महाधिवेशनमा आइनन्

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्र्जीको नेपाल भ्रमण स्थगित भएको छ । आफ्नो १४ औं महाधिवेशनको उद्घाटन सत्रमा भाग लिन बेनर्जीलाई नेपाल कांगे्रसले नोभेम्बर २६ मा निम्तो पत्र पठाएको थियो ।

कांग्रेसको पत्र प्राप्त भएलगत्तै मुख्यमन्त्री बेनर्जीले भारतको केन्द्र सरकारसँग नेपाल भ्रमणको अनुमति मागेकी थिइन् । भारतीय संचारमाध्यमले नेतृ बेनर्जी डिसेम्बर १० मा आउने बताएका थिए ।

तर, महाधिवेशन उद्घाटन सत्रमा कोरोनाभाइरस महमारीको कारण बेनर्जी आउन नसक्ने जानकारी गराइएको थियो । बेनर्जीले महाधिवेशन सफलताको कामना गर्दै शुभकामना सन्देश पठाएको जानकारी दिइएको थियो ।

सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्री डा. हर्षवद्र्धनले भने कांग्रेस महाधिवेशनलाई सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर