देउवाका ज्योतिषले जुराए कांग्रेस महाधिवेशन उद्घाटनको शुभसाइत – Nepal Press

देउवाका ज्योतिषले जुराए कांग्रेस महाधिवेशन उद्घाटनको शुभसाइत

ज्योतिष रिजाल भन्छन्- महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहनेछ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् ।

रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उद्घाटन गर्न लागिएको छ ।

पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशी तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *