कांग्रेसका युवा नेता गुरु बराल केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै – Nepal Press

कांग्रेसका युवा नेता गुरु बराल केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । आजबाट शुरु भएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धाको तयारी भइरहेको बेला कुनै बेलाका चर्चित विद्यार्थी नेता गुरु बरालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेविसंघका पूर्व उपसभापति रहेका बराल कांग्रेसमा अवसर नपाएका नेता मानिन्छन् । युवामाझ लोकप्रिय भए पनि बराल अहिलेसम्म पार्टी र राजकीय सत्ताको अवसर नपाएका नेता हुन् ।

कास्कीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका बराल संस्थापन पक्षका केन्द्रीय सदस्यका उम्मेदवार हुन् । उनी १३ औं महाधिवेशनमा प्यानलमा नपरेका कारण पराजित भएका थिए ।

बराल २०७४ सालको आम निर्वाचनमा कास्कीबाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । आफ्ना समकालीनहरु पार्टीको नेतृत्व र सांसद तथा मन्त्री भइसके पनि उनी जिल्लाकै राजनीतिमा क्रियाशील छन् ।

पार्टीलाई वैचारिक रुपमा पनि सबल बनाउन आफू केन्द्रीय कार्यसमितिमा जान चाहेको बरालले बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेसका युवा नेता गुरु बराल केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

  1. काङ्ग्रेस ले साथ लिएर अगाडि बढ्नै पर्ने सशक्त नेता हुन् गुरु बराल। अग्रिम शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर