शेखर र प्रकाशमान सहमतिमा नआए रामचन्द्र नै साझा उम्मेदवार : नेता केसी – Nepal Press

शेखर र प्रकाशमान सहमतिमा नआए रामचन्द्र नै साझा उम्मेदवार : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संस्थापनइतर पक्षबट रामचन्द्र पौडेल नै सभापतिका साझा उम्मेदवार हुने दावी गरेका छन् ।

अहिले छलफलमा रहेका नेताहरुबाट कुनै निष्कर्ष नआए पौडेल नै साझा उम्मेदवार हुने उनले बताए ।

नेपाल प्रेससँगको कुराकानीमा केसीले भने- शेखर र प्रकाशमान सहमतिमा आउनु भएन भने रामचन्द्र नै साझा उम्मेदवार हुन् ।

२४ गतेबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर बाट चारजनाले सभापतिमा दावी गर्दै आएका छन् ।

नेता कार्यकर्ताहरुले एकजना साझा उम्मेदवार छनौँट गर्न दबाव दिइरहेका बेला अहिले आकांक्षीहरु छलफलमा रहेका छन् ।

नेता शशांक कोइरालाले पौडेलको नाममा सहमति जुट्ने भए आफू दावी गर्ने बताउँदै आएका छन् । यद्यपी पौडेल साझा उम्मेदवार नभए आफूले पनि उम्मेदवारी दिने कोइरालाको भनाई छ ।

यता, प्रकाशमान सिंह र शेखर कोइराला भने आफू नै साझा उम्मेदवार हुनुपर्ने नभए उम्मेदवारी दिने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर