प्रधानन्यायाधीश हटाउने खेलमा एमाले लाग्दैन : प्रदीप ज्ञवाली – Nepal Press

प्रधानन्यायाधीश हटाउने खेलमा एमाले लाग्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए । उनले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गरे ।

सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानून व्यवसायीले गरेको आन्दोलनका एजेण्डाबाट न्यायालयको सुधार नहुने बताए । उनले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेण्डा उठाउनेलाई मात्र समर्थन रहने बताए ।

आगामी २८ मंसिरबाट सुरू हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उनको भनाइ छ । संसदमा आफहरूले उठाएका एजेण्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने ज्ञवालीको भनाइ छ ।

पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उनको भनाइ छ । उनले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको भन्दै अबको तीन महिनाभित्र एमालेले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताए ।


प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीश हटाउने खेलमा एमाले लाग्दैन : प्रदीप ज्ञवाली

  1. न्यायालयकाे झगडा न्यायाधिशहरूबीच दलालीकाे विषयलाई लिएर भएकाे झगडा हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर