बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepal Press

बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलाली । बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाजुराको जग्गनाथ गाउँपालिका -६ को काप्रिको गज्जेगार भीरमा मालवाहक ट्रक दुर्घटना हुँदा चालक वाके बैंजनाथ गाउँपालिकाका मोहन जोशी र सहचालक हुम्लाको ताँजाकोट गाउँपालिका बिपी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

कालिकोटबाट हुम्लातर्फ जाँदै गएको भे १ ख ३४६८ नम्बरको ट्रक आज बिहान सडकबाट पाँच सय मिटर तल खसेको हो । बाजुरामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ ।

जिल्लामा एक हप्ता नपुग्दै सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । वर्षामा बन्द भएका सडकहरू सुचारु भएपछि सडक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले बताए ।

उनले सवारी दुर्घटना कम गर्ने विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *