दोबाटे विश्वकर्माले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने – Nepal Press

दोबाटे विश्वकर्माले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री दोबाटे विश्वकर्माले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित विश्वकर्माले दलिततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन उम्मेदवारी दिन लागेको विश्वकर्माले बताए । गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको भनाइ छ ।

उनले भने, ‘सबैको सल्लाह, सुझावअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु, सबै महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहनेमा ढुक्क छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर