छुटेका कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम तत्काल उपलब्ध गराउन सरकारको परिपत्र


काठमाडौं । सरकारले विभिन्न निकायमा शुब्बादेखि उपसचिव सम्मका कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भरेर पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये विभिन्न मन्त्रालय, सचिवालय, आयोग, विभाग तथा कार्यालयमा कार्यरत राजपत्रांकित द्धितिय श्रेणी, राजपत्रांकित तृतिय श्रेणी, राजपत्र अनंकित प्रथम श्रेणीका नेपाल प्रशासन सेवाका सबै समूह तथा उपसमूहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भरेर पठाउन आग्रह गरेको हो ।
यस्तै आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ, जनरल र नेपाल विधिक सेवाका सबै कर्मचारीको पनि कार्यसम्पादन मूल्यांकन फाराम भरेर पठाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाइ जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार निजामती सेवा नियमावली, २०५० मा तोकिएको म्यादभित्र बढुवा समितिको सचिवालयमा बुझाई सक्नुपनेृ भए पनि कतिपय कर्मचारीको गत आर्थिक वर्षका साथै विगतका आर्थिक वर्षकोको पनि कार्यसम्पादन मूल्यांकन समेत प्राप्त नभएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेकाे हाे ।
पठाउन छुट भएका कार्यसम्पादन मूल्यांकन फारम बढुवा प्रयोजनका लागि तत्काल पठाउन भनेको छ । यस्तै कार्यालयमा समयमै दर्ता गरी सुपरीवेक्षक समक्ष पेस गरेको तर सम्बन्धित मूल्याङ्कन कर्ताबाट समयावधि भिवै मूल्याङ्कन नभएकाको हकमा निजामती सेवा नियमावली, २०५० अनुसार मूल्याङ्कन गरी तथा गराई बढुवा समितिको सचिवालयमा पठाइदिन आग्रह गरिएको छ ।