मानव अधिकार उल्लङ्घन र मानवअधिकारका मुद्दाबारे गम्भिर बन्न उपराष्ट्रपति पुनको आग्रह – Nepal Press

मानव अधिकार उल्लङ्घन र मानवअधिकारका मुद्दाबारे गम्भिर बन्न उपराष्ट्रपति पुनको आग्रह

मानव अधिकारका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यत्तित्व सम्मानित

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा मानव अधिकार उल्लङ्घन र मानवअधिकारका विभिन्न मुद्दाबारे सबै जना गम्भिर बन्न आग्रह गरेका छन् । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको १३ औ मानव अधिकार राष्ट्रिय महाभेलाको काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो आग्रह गरेका हुन् ।

उनले मुलुकमा मानव बेचबिखन, बोक्सी लैगिंक विभेद, छुवाछूत जस्ता सामाजिक कुप्रथा अझै पनि विद्यमान रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र सरसफाई जस्ता आधारभूत आवश्यकताबाट अझै पनि आम सर्वसाधारण नागरिक वञ्चितकरमा परेकाले यस्ता समस्यालाई सरकारले सम्बोधन गर्ने वातावरणका लागि सबैको सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले मानवअधिकारकर्मी, सरोकारवाला स्वयं सरकारसमेत आफ्नो भूमिका र जिम्वेवारीबाट उम्किन नमिल्ने बताए ।

उदघाटन समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको अन्तवस्तु भनेकै यसको अधिकारबाट कसैलाई वन्चित गर्न नहुने कुरामा जोड दिए । मानव अधिकारको उपभोगको सन्दर्भमा देखिएका समस्या र चुनौतीको समाधानका लागि सबैको आवश्यकता अपरिहार्य रहेको उनको भनाई थियो । महाभेलाले सबैको मानव अधिकार सुनिश्चित गर्न, मानव अधिकारको प्रर्वद्धन गर्न मानव अधिकार आयोगले सबैको साथ सहयोग लिएर अगाडी बढ्ने कुरा पनि अध्यक्ष मगरले बताए ।

पुर्व सभामुख तथा मानव अधिकारकर्मी दमननाथ ढंगानाले मानव अधिकार सुनिश्चिताको कार्यान्वयन पक्ष निकै कमजोर भएकाले नीतिगत कार्यान्वयनमा जोड दिए । उनले मानव अधिकार भाषणमा मात्रै सीमित नभई काम गरेर मात्रै आम सर्वसाधारण नागरिकको मानव अधिकारको सुनिश्चितता हुने उल्लेख गरे । उनले राजनीतिक परिवर्तन, राज्य पुनंसर्चचाको परिवर्तन गुणात्मक पविर्तन भए पनि आम नागरिकको जीवनशैली र मानव अधिकारको प्रत्याभुती हुन नसकेकोमा दुख व्यक्त गरे ।

संविधानमा मानव अधिकार लेख्दैमा मानव अधिकारको सुनिश्चितता नहुने धारणा राख्दै यसको अन्तर्वस्तु भनेको व्यक्तिको मानव अधिकार सुनिश्चित हुने कुरा ठूलो भएको बताए । उनले स्थानीय जनप्रतिनिधी, राजनीतिक दल र राज्य नागरीकको मानव अधिकारप्रति संवेदनशील र उत्तरदायी हुनुपर्नेमा जोड दिए । आत्मा भरिएको मानव अधिकार सुनिश्चितताको लागि अर्थपूर्ण परिवर्तनका लागि र मानव अधिकार लोकतन्त्र र शान्ति प्रकृया स्थापनाका लागि लोकतान्त्रिक परिवर्तन भएको उनको धारणा थियो ।

कार्यक्रमका पूर्व महान्यायधीवत्ता तथा नेकपा एमालेका नेता अग्नि खरेलले नेपालमा मानवअधिकार संरक्षणका लागि प्रचलित विद्यमान कानुन रहेको उल्लेख गरे । उनले आफ्नो कार्यकालमा मुस्कान खातुन र उनिहरुको सामूहिक प्रयासका कारण एसिड आक्रमण सम्बन्धी कानून बनाउन सफल भएको बताए ।

त्यसैगरी बलात्कार, यौन दुव्र्यवहार वोक्सी जस्ता कु प्रथाजस्ता जघन्य सामाजिक अपराधमा संलग्न अभियुक्त र पीडितको ध्यानाकर्षणका लागि समुदाय तहमा मानव अधिकारसम्वन्धि जनचेतना र जानकारीका कार्यक्रमलाई विस्तार गर्नुपर्ने धारणा राखे । उनले यस्ता कुप्रथा र गलत अभ्यास आफैमा गैरकानूनी र मानव अधिकारका दृष्टिकोणले गम्भीर अपराध भएकाले यस्ता उल्लंघनजन्य घटनाको न्यूूनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन समेत आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका सचेतक देव गुरुङले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि नेपालमा रहेका विभिन्न कानुनी व्यवस्थाका बारेमा सबै जानकार रहेको उल्लेख गरे । उनले नेपालमा कानूनी शासन, लोकतन्त्र र मानवअधिकारको सुनिश्चितता र संरक्षणका लागि बनेको संवैधानिक प्रावधान र अन्य प्रचलित कानुनी व्यवस्थाको कार्यन्वयनका लागि जोड दिनुपर्ने बताउ । उनले शान्ति प्रक्रियाका अझै केही कामहरु टुंगोमा पुग्न नसकेको बताउदै, मानव अधिकारको प्रत्याभूति नभएसम्म संवैधानिकता सुनिश्चिता हुन नसक्ने कुरामा जोड दिए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नेपालको मानव अधिकार उल्लंघनका घटनाको स्थितिको बारे चर्चा गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि व्यक्तिगत प्रयास मात्रै संभव नभएको उल्लेख गरे । उनले प्रत्येक व्यक्ति, संस्था, सरकार सबै सरोकारवाला निकायले आ–आफ्नो तर्फबाट एकिकृत, संगठित र सामूहिक सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे । साथै उनले मानवअधिकार सम्बन्धी शिक्षा÷चेतना घरबाटै सुरु गर्नुपर्ने बताए ।

मानव अधिकार महाभेलाको संस्थापक संयोजक समेत रहेका मानव अधिकारकर्मी चरण प्रसाईले यस किसिमको कार्यक्रमले मानव अधिकार संस्कृतिको विकास, नागरिक समाज र सरोकारवालालाई आफ्नो काम प्रभावकारी ढंगले गर्न प्रोत्साहित गर्ने उल्लेख गरे । महाभेलाको उद्घाटन समारोहका सभाअध्यक्ष समेत रहेका मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रमका संयोजक तथा शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष रोश्ना खड्काले यस्ता कार्यक्रम व्यक्तिगत प्रयासले भन्दा पनि सामुहिक प्रयासले मात्रै सम्भव भएको उल्लेख गरिन् ।

कार्यक्रमको उदघाटन समारोहमा मानव अधिकारका क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यत्तित्वलाई विभिन्न पुरस्कारले सम्मान गरिएको थियो । जसमा मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७८ कृष्ण प्रसाद भण्डारीलाई, मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ भद्रमान घलेलाई, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार–२०७८ डा.रेणु अधिकारीलाई दिइएको छ । यस्तै पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार– २०७७ डा. रेणु अधिकारीलाई नै, शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार–२०७८ मुस्कान खातुनलाई, शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार–२०७७ सपना रोका मगरलाई दिइएको छ ।

मानव अधिकार दिवस १० डिसेम्वरको सन्दर्भमा यस वर्षको ७३ औ मानव अधिकार दिवस नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक समाज, संघ संगठन, मानव अधिकार तथा सम्पूर्ण न्यायकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा सन २००९ देखी प्रत्येक वर्ष आयोजना गरिदै आएको छ । यो मानव अधिकार राष्ट्रिय महाभेलाको १३ औ संस्करण हो । यस वर्षको मानव अधिकार महाभेला कार्यक्रम  बुधबार ८ डिसेम्वर २०२१ देखी सुरु भएर १४ डिसेम्वर, २०२१ सम्म, विभिन्न कार्यक्रम गरी मनाईदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर