छुट्टाछुट्टै सवारी दुर्घटनामा पाल्पामा दुईजनाको मृत्यु – Nepal Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाल्पामा दुईजनाको मृत्यु

रूपन्देही । पाल्पाको निस्दी गाउँपालिका- ७ मा भएको टिपर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सर्दीबाट भुटुके जाँदै गरेको प्र २-०-३००१ ख ४६६९ नम्बरको खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक भइ अर्कौ गाडीमा च्यापेको थियो ।

सोही गाडी पछाडी रोकी राखेको ग २ ख ३६१ नं को टिपरको बीचमा च्यापिदा उनको टाउको फुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए।

त्यसैगरी पाल्पाको रामपुर ५ बेझाडमा ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी छन् ।

हाइड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर