सप्तरीको छिनमस्ता गाउँपालिका उपाध्यक्षले कुर्सी हानेपछि अध्यक्षको दाँत भाँचियो – Nepal Press

सप्तरीको छिनमस्ता गाउँपालिका उपाध्यक्षले कुर्सी हानेपछि अध्यक्षको दाँत भाँचियो

जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलमाथि उपाध्यक्ष उषाकुमारी मण्डलले कुर्सी प्रहार गरेर दाँत भाँचिदिएकी छन् ।

किसानलाई गहुँको विऊ वितरण कसरी वितरण गर्ने भन्ने विषयमा अध्यक्ष मण्डलले आज दिउँसो कार्यपालिका बैठक डाकेका थिए । बैठकमा विवाद चर्केपछि अध्यक्ष मण्डल बाहिर निस्किन लाग्दा उपाध्यक्ष मण्डलले कुर्सी प्रहार गरेकी थिईन् ।

मुखमै कुर्सी लागेपछि अध्यक्ष मण्डलको दुईवटा दाँत भाचिएको एक कार्यपालिका सदस्यले बताए ।

उनले नेपाल प्रेससंग भने, ‘बैठकमा अधयक्ष मण्डलले गाउँपालिका कार्यालयबाटै गहुंको विऊ वितरण गर्ने अडान लिएका थिए । तर उपाध्यक्ष मण्डलले वडाबाट वितरण हुनुपर्ने जिद्दि गरेपछि अध्यक्ष बाहिर निस्किन खोजे । त्यतिकैमा उपाध्यक्ष आक्रोशित भएर कुर्सी प्रहार गरिन् ।’

उपाध्यक्ष मण्डलले कुर्सी प्रहार गरेको स्वीकारेकी छन् । तर अध्यक्षको दांत भाचिएको कुरा थाहा नपाएको बताइन् । अध्यक्षले अपशब्द बोलेपछि कुर्सी हानेको उपाध्यक्ष मण्डलले दावी गरिन् । तर एक प्रत्यक्षदर्शीले उपाध्यक्षले नै अध्यक्षलाई गालीगलोज गरेको बताए ।

घटनाबारे बुझ्न अध्यक्ष मण्डलसंग सम्पर्क गर्न खोज्दा हुन सकेन । तत्कालिन नयां शक्ति पार्टीबाट निर्वाचित अध्यक्ष मण्डल हाल जसपामा छन् । तत्कालिन राजपाबाट निर्वाचित उपाध्यक्ष मण्डल भने लोसपामा छिन् । उनीहरुबीच विगत दुई वर्षदेखि विवाद चलिरहेको स्थानीय बताउछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर