सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट – Nepal Press

सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

काठमाडौं। सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु–१६ को ब्वाइजमा सुदीप र गल्र्समा सुष्मा तथा यु–२० को ब्वाइजमा युवराज र गल्र्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र गल्र्समा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१६ सेकेन्ड) र गल्र्समा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र गल्र्समा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव (१.६६ मिटर) र गल्र्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन (१०.७० मिटर) र गल्र्समा दाङकी सुशिला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते ।

यु–१६ १ सय मिटर दौडको ब्वाइजमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र गल्र्समा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको ब्वाइजमा बाग्लुङका बादल कार्की (२ मिनेट ७.८४ सेकेन्ड) र गल्र्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *