रामचन्द्रले भने – सहमति नजिक पुगेका छौँ, भोलि साझा उम्मेदवार तय हुन्छ – Nepal Press

रामचन्द्रले भने – सहमति नजिक पुगेका छौँ, भोलि साझा उम्मेदवार तय हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउनका लागि भएको छलफल सहमति नजिक पुगेको बताएका छन् ।

चाक्सीबारीमा दिनभर भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सहमति नजिक पुगेको र बुधवार बिहान बसेर टुंगो लगाइने बताए । उनले सहमतिको बारेमा थप केही बताउन चाहेनन् ।

महामन्त्री शशांक कोइरालाले भने पौडेललाई समर्थन गर्दै आफ्नो दाबेदारी फिर्ता लिएका छन् । प्रकाशमान सिंह र शेखर कोइरालाले दावी फिर्ता ल्एिको बताएका छैनन् ।

नेताहरु बुधवार विहान ९ बेजे बस्नेगरि उठेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर