सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस केन्द्रीय सदस्य जीवन परियारको घोषणा – Nepal Press

सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस केन्द्रीय सदस्य जीवन परियारको घोषणा

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

परियार संस्थापन इतर पक्षबाट सहमहामन्त्रीबाट उम्मेदवार दिने घोषणा गरेका हुन् । संविधान सभा सदस्य रहेका उनी १२ औ महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका छन् ।

नेपाली कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक जना सहमहामन्त्री रहने व्यवस्था विधानमा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर