नेपाल स्काउटका संयोजक भण्डारीलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश – Nepal Press

नेपाल स्काउटका संयोजक भण्डारीलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो ।

सरकारको सो निर्णविरुद्ध भण्डारी अदालत गएपनि लामो समय अदालतमा हड्तालका कारण मुद्दाको सुनुवाई हुन समय लागेको हो ।

भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेल लगायतले वहस गरेका थिए । सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।


प्रतिक्रिया

One thought on “नेपाल स्काउटका संयोजक भण्डारीलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

  1. वधाई छ लोक सर ! अदालत गएर राम्रो गर्नुभयो । परमादेश प्रकरणको पराजय भन्ने लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर