साझा उम्मेदवारको नाम कुर्दै ‘चाक्सीबारीको आगन’मा कांग्रेस कार्यकर्ता – Nepal Press

साझा उम्मेदवारको नाम कुर्दै ‘चाक्सीबारीको आगन’मा कांग्रेस कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरु आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेताहरु अहिले छलफलमा रहेका छन् ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा इतर पक्षका नेताहरुको छलफल जारी रहेको हो ।

आज रातभरी छलफल गरेर भएपनि साझा उम्मेदवारको टुंगो लगाउने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेता पौडेलले दिएको अभिव्यक्तिअनुसारको निर्णयको पर्खाइमा चाक्सीबारीमा इतर पक्षका नेता कार्यकर्ताहरु भेला भएका छन् ।

शीर्ष नेताहरुको छलफलबाट साझा र सहमतिको उम्मेदवार तय हुने विश्वासका साथ नेता कार्यकर्ता चाक्सीबारीको आगनमा निर्णय कुरिरहेका छन् ।

कांग्रेसका युवा नेता प्रमोदहरी गुरागाईं देशभरीका कांग्रेसको नेता कार्यकर्ता सहमति र एकताका साथ नेताहरुले निर्णय गरुन भन्ने पर्खाइमा रहेको बताए ।

चाक्सीबारीमा रामचन्द्र पौडेल, प्रकाशमान सि‌ंह, शशांक र शेखर कोइराला छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर