भन्सार छलेर सुर्तीजन्य पदार्थ नेपाल आउन थालेपछि राजस्व कार्यालयको सक्रियता बढ्दो – Nepal Press

भन्सार छलेर सुर्तीजन्य पदार्थ नेपाल आउन थालेपछि राजस्व कार्यालयको सक्रियता बढ्दो

काठमाडौं । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले भारतबाट राजस्व छलेर आउने सुर्तीजन्य पदार्थ नियन्त्रयणमा लिएर कारवाही सुरु गरेको छ ।

भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी लगायतका वस्तु आयात हुनेक्रम बढेपछि कार्यालयले कारवाही तीव्र पारेको कार्यालयका प्रमुख तिर्थ बरालले बताए ।

उनले भने, ‘भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी आएत भएपछि नियतन्त्रणमा लिन सुरु भएको छ । नेपालमा बिक्री हुने सुर्तीजन्य आफ्नै नियमहरु छन् । स्वास्थ्यको लागि हानिकारक छ भनेर सन्देश मुलक फोटोहरु हालेको हुनुपर्छ । तर अन्य देशमा प्याकिङ गरेको सुर्तीजन्य पदार्थमा नेपालको नियम अनुसार हुदैन । स्टीकरको विषय पनि जोडिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर