महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ – Nepal Press

महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

कैलाली । डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ ।

जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा उनलाई मङ्गलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) देवेन्द्र पालले बताए ।

१० गते महिला माथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । महिलाको जाहेरी पछि माललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर