कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेता गुरुङको घोषणा – Nepal Press

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेता गुरुङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता नवराज गुरुङले आसन्न केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेता गुरुङले पार्टीको १४औं महाधिवेशनमा (आदिवासी/जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आदिवासी जनजातीहरु तथा अन्य समावेशीका समुदायका नागरिकहरु सन्तुष्ट नभएको उल्लेख गर्दै पिछडिएका जातिहरुलाई नेपाली कांग्रेसको मुलधारमा ल्याई उनीहरुको बृहत्तर हितमा काम गर्र्नको लागि उम्मेदवारी दिन लागेको बताए ।

उनले भने, ‘महामन्त्रीमा लड्नुपर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरुले नै भन्ने गरेको छन् । पटक–पटक चुनावमा हार व्यहोर्नु परेको पीडा मसँग छ ।’

२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका र ३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए ।

उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।

गुरुङले मेचिदेखि महाकालीका जनजाती आदिवासीहरुलाई आफुलाई मत दिन आग्रह गर्दै सबैले भोट दिनेमा आफु विस्वस्त रहेको बताए ।

गुरुङ २०४८ सालमा पर्वत क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको टिकट, २०५९ सालबाट प्रजातान्त्रिकको पर्वतको सभापति र ०६४ बाट ०६७ सम्म एकीकरणपछि कांग्रेसको पर्वत जिल्ला सभापति, ०७० सालमा संविधानसभा सदस्य र ०७४ सालमा प्रदेश सभाको उम्मेदवार भई प्रतिस्पर्धामा होमिएका थिए । २०२९ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिमा सुरु गरेका गुरुङ संघको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर