वीरेन्द्र सेहवागले गरे भारतविरुद्ध एकै इनिङमा १० विकेट लिएका अजाजको प्रशंसा – Nepal Press

वीरेन्द्र सेहवागले गरे भारतविरुद्ध एकै इनिङमा १० विकेट लिएका अजाजको प्रशंसा

काठमाडौं । भारतका पूर्व क्रिकेटर वीरेन्द्र सेहवागले टेस्ट क्रिकेटको एक इनिङमा सबै विकेट लिने इतिहासमै तेस्रो खेलाडी बनेकोमा न्युजिल्यान्डका स्पिनर अजाज पटेलको ठूलो प्रशंसा गरेका छन् ।

सेहवागले उनलाई ठूलो उपलब्धि हासिल गरेकोमा बधाईँ दिदै ट्वीटरमार्फत बधाई दिएका थिए । जसमा अजाजले आफू नेट बलरकारूपमा रहँदा भारतका लेजेन्डरी ओपनरले उनलाई पार्कबाट बाहिर निकालेको सम्झिएका छन् ।

अजाजले सेहवागको ट्वीटलाई उत्तर दिँदै लेखेका छन्, ‘धन्यवाद विरेन्द्र सेहवाग, तपाईंले मलाई नेट बलरको रूपमा आएको बेला इडेन पार्कमा मैदानबाट बाहिर निकाल्नु भएको रमाइलो कहानी मलाई अझै याद छ ।’

सेहवागले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘समयको खेल हो अवस्य बदलिन्छ, तिमीले मुम्बइमा जे हासिल गर्यौ । त्यो अत्यन्तै असाधारण थियो त्यही भएर भारतको जित भन्दाबढि तिम्रो चर्चा भइरहेको छ । तिमीले अझै धेरै सफलता मिलोस शुभकामना ।’

अजाजले ११ टेस्ट खेलमा ४३ विकेट लिएका छन् । जसमध्ये मुम्बईमा भएको दोस्रो टेस्टमा १४ विकेट लिएका थिए ।

मुम्बईमा जन्मिएका ३३ वर्षीय पटेल सात वर्षको उमेरमा न्युजिल्यान्ड गएका थिए । उनले आफू जन्मेको सहरमा खेलेर एतिहासिक उपलब्धि हासिल गर्न पाउँनु एक सपना साकार भएको बताएका छन् ।

‘यो मेरो लागि विशेष यात्रा भएको छ । यहाँ आएर वाङ्खडेमा खेल्ने र यस्तो एतिहासिक उपलब्धि हासिल गर्नु मेरा लागि महत्वपूर्ण छ । मेरोलागि मात्रै होइन, मेरो परिवारका लागि पनि धेरै महत्वपूर्ण छ,’ उनले रवीचन्द्रन आश्विनसँगको अन्तरवार्तामा भने ।

‘म मलाई धेरै भाग्यमानी ठान्दछु । र, भगवानलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छु,’ उनले बिसीसीआईले पोष्ट गरेको भिडियोमा भनेका छन् ।

भारतसँगको दोस्रो टेस्टमा स्पिनर अजाजले उद्घाटन खेलमा ४ विकेट लिएका थिए । उनले शनिबार भारतविरुद्ध १ सय १९ रन खर्चेर १० विकेट लिए । भारत पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको थियो ।

पहिलो इनिङमा भारतले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ६० रन बनाएर अल आउट भएको थियो ।

दोस्रो इनिङमा भारतले बनाएको २ सय ७६ रन र समग्रमा ५ सय ४० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ५६।३ ओभरमा १ सय ६४ रन बनाएर अल आउट भयो । र, भारतले दुई खेलको सिरिजमा न्युनिल्यान्डलाई ३ सय ७२ रनले पराजित गर्दै १–० ले जित्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *