स्थानीय तहका १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा (सूचीसहित) – Nepal Press

स्थानीय तहका १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । ​सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ती कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो ।

लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गर्दै लामो समयदेखि अन्तरस्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको बताएका थिए ।

मन्त्रिपरिषद्‍बाट स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गरेका थिए । गत वैशाख २० गतेअघि मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाका लागि आवेदन माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर