ओलीको प्रशंसा गर्दै शम्भु थापाले भने- कतिपय मुद्दामा फरक भयौं होला, तर तपाईंबाटै आशा छ (भिडिओ) – Nepal Press

ओलीको प्रशंसा गर्दै शम्भु थापाले भने- कतिपय मुद्दामा फरक भयौं होला, तर तपाईंबाटै आशा छ (भिडिओ)

काठमाडौं । केपी ओलीविरुद्ध सडक र अदालतमा नेतृत्व गरेका वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले विगतका कतिपय मुद्दा बिर्सेर आफूहरूलाई सघाउन ओलीलाई आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै बारको प्रतिनिधिमण्डलसँगै गएका थापाले जनतालाई सम्प्रभु सत्ता सम्पन्न बनाउन ओलीले लामो जेल जीवन बिताएको स्मरण गर्दै सहयोगको याचना गरेका हुन् ।

थापाले भने, ‘तपाईंले लडाइँ लडेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनुभयो । विगतमा कतिपय मुद्दामा संवैधानिक दृष्टिले ब्याख्या, विश्लेषण गर्ने सन्दर्भमा फरक भयौं होला । तर, भ्रष्टाचारको विषयमा हामी तपाईसँग सधैं छौं । तपाईंले सहयोग गर्नुस्, विगतको हिसाबले पनि हामीलाई तपाईबाटै आशा छ ।’

ओलीको पटक-पटक प्रशंसा गर्दै थापाले नख्खु जेल र पोखरामा ओलीसँग भेटेको स्मरण समेत सुनाए । उनले निर्वाचनमा आफूहरूले भोटमात्र नहालेको र भोट मागेर जिताएको बताए ।

थापाले संसद विघटनको मुद्दामा ओलीविरुद्ध परमादेश जारी गराउन न्यायाधीश सेटिङ गरेको भन्दै हालैमात्र प्रधामन्त्री शेरवहादुर देउवासँग परमादेशको पैंचो तिर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

3 thoughts on “ओलीको प्रशंसा गर्दै शम्भु थापाले भने- कतिपय मुद्दामा फरक भयौं होला, तर तपाईंबाटै आशा छ (भिडिओ)

  1. लिसो टास्न ल्याएका वकिलसाप देखि होसियार ओली बा ! यिनै हुन जनताको सरकार, परमादेशबाट ल्याउन खोज्ने, वाईयात देखि सचेत र सजग हाैओैं ।

  2. लिसो टास्न ल्याएका वकिलसाप देखि होसियार ओली बा ! यिनै हुन जनताको सरकार, परमादेशबाट ल्याउन सेटिङ मिलाउने, दुई जिब्रे देखि सचेत र सजग हाैओैं।।यिनिहरुले तपाईं लाई प्रयोग मात्रै गर्न खोजेका हुन। यिनिहरुको उदेश्य नै सर्बोच्च अदालत कब्जा गर्नु हो। जुन चोलेन्द्र श्रीमान रहुन्जेल सम्भव छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर