ओलीसँग बारको याचना- एमालेको सहयोगबिना महाअभियोग पास हुँदैन, सहयोग चाहियो – Nepal Press

ओलीसँग बारको याचना- एमालेको सहयोगबिना महाअभियोग पास हुँदैन, सहयोग चाहियो

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन नेकपा एमालेको सहयोग मागेको छ ।

हड्ताली समूहका वरिष्ठ अधिवक्ताहरुसहित मंगलवार एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको निवास बालकोट पुगेका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित नहुने बताए ।

सत्ता गठबन्धनले महाअभियोग लगाउन सहमति जनाएको संकेत गर्दै उनले एमालेको सहयोग भएमात्र पारित हुने भएकाले ओलीको सहयोग माग गरिएको बताए ।

उनले अदालतभित्रबाट अहिलेको समस्या समाधान नहुने र चोलेन्द्र शमसेर भ्रष्टाचारीको नाइके भएकाले अदालतमा राख्न नहुने दावी गरे ।

श्रेष्ठले भने- सबै दल नमिल्दा महाअभियोग पास हुँदैन । दलहरुले आन्तरिक गृहकार्य गरिरहेको होलान् तर बाहिरबाट हेर्दा बेवास्ता भइरहेको देखिन्छ । जिम्मेवार प्रतिपक्षको नेता र हिजोको दिनमा पनि न्यायपालिकाभित्र विसंगतिका कुरा हुँदा बेठिक भइरहेको छ भनेर आवाज उठाएको नेतालाई भौतिक रुपमै भेटेर कुरा राख्न आएका हौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर