विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन – Nepal Press

विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट विद्यार्थीहरूको गठबन्धनको काउन्टरमा विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले पनि गठबन्धन बनाएका छन् । एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनले संयुक्त गठबन्धन बनाएका हुन् ।

विपक्षी विद्यार्थी संगठनको गठबन्धनमा ६ विद्यार्थी संगठन आबद्ध छन् । गठबन्धनमा एमालेनिकट अनेरास्ववियुका अलवा नेकपा (माले) निकट अखिल पाँचौं, आहुतीको दल वैज्ञानिक समाजवादीनिकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, गोपाल किराती नेतृत्वको दलनिकट अखिल क्रान्तिकारी, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, महन्थ ठाकुर नेतृत्वको लोसपानिकट राष्ट्रिय विद्यार्थी संघ र पूर्वलडाकु चन्द्रबहादुर थापा ‘सागर’ नेतृत्वको दलनिकट राष्ट्रवादी विद्यार्थी संगठन आबद्ध छन् ।

अनेरास्ववियुका महासचिव समिक बडालले मोहन वैद्य नेतृत्वको नेकपा (क्रन्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) पनि चाँडै गठबन्धनमा आबद्ध हुने जानकारी दिए । गठबन्धनले मंगलबार पेट्रोलिय पदार्थको मूल्य घटाउनुपर्नेलगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर