भारत र रुसबीच रक्षा र ब्यापारसहित २८ बुँदे सम्झौता : भारतले रुसबाट बौद्ध पर्यटक लैजाने – Nepal Press

भारत र रुसबीच रक्षा र ब्यापारसहित २८ बुँदे सम्झौता : भारतले रुसबाट बौद्ध पर्यटक लैजाने

दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार ६ घण्टा लामो भारत भ्रमण गरे । यसक्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता पनि गरे । भारतीय विदेश मन्त्रालयले राष्ट्रपति पुटिनको भ्रमण उपलब्धीपूर्ण रहेको बताएको छ । दुई नेताबीच महत्वपूर्ण भेटवार्ता भएको भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले आयोजित प्रेसमिटमा जानकारी दिए ।

रुस र भारतबीच ब्यापार, ऊर्जा, संस्कृति, बौद्धिक सम्पदा, जनशक्ति, साइबल आक्रमण लगायतका क्षेत्रमा २८ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । आगामी १० वर्षको लागि भारत र रुसले अर्को एक रक्षा सम्झौता समेत हस्ताक्षर गरेका छन् ।

विदेशसचिव श्रृंगलाका अनुसार द्विपक्षीय व्यापार र भारतमा रुसी लगानी वृद्धि गर्नेबारे समेत छलफल भएको छ । यी पक्षलाई तीव्ररुपमा अघि बढाउन पनि उनीहरु सहमत भएका छन् ।

तेल र ग्याँससहित पेट्रोकेमिकल क्षेत्रमा लगानी गर्नेबारे पनि विचार गरिएको उनले जनाए । जलमार्ग, फर्टिलाइजर, स्टिल, दक्ष जनशक्तिबारे पनि मिलेर काम गर्ने योजना बनेको छ ।

बौद्ध धर्मसँग सम्बन्धित केही बुँदामा समेत मिलेर काम गर्न चीन र रुस पनि सहमत भएका छन् । रुसमा १५ मिलियन बौद्ध धर्मावम्लबी छन् । उक्त जनसंख्या तीर्थयात्रा गर्न भारत आउन इच्छुक रहेको जनाइएको छ । यसले दुई मुलुकबीच सांस्कृतिक सहयोग आदानप्रदान हुने अपेक्षा भारतले लिएको छ । खोप प्रमाणपत्रलाई लिएर पनि दुबै मुलुकबीच छलफल भएको छ ।

विदेश सचिव श्रृंगलाले अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारलाई मान्यता दिनेबारे छलफल नभएको दावी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *