गाँजा तस्कर पक्राउका प्रत्यक्षदर्शी यादव मृत फेला – Nepal Press

गाँजा तस्कर पक्राउका प्रत्यक्षदर्शी यादव मृत फेला

जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित इँटा भट्टानजिकै एक पुरूषको शव फेला परेको छ ।

मंगलबार जलेश्वर नगरपालिका– ७ का अन्दाजी ४२ वर्षीय रामसृष्ठ यादवको शव फेला परेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार यादवको मृत्युको कारण खुलेको छैन ।

मृतक यादव शुक्रबारदेखि बेपत्ता थिए । जलेश्वर नगरपालिका– ७ का वडाध्यक्ष रामछविला यादवका अनुसार सशस्त्र प्रहरीले १०१ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको घटनाको प्रत्यक्षदर्शी थिए मृतक यादव ।

घटना भएकै बेलादेखि बेपत्ता यादवको शव फेला परेपछि आफूहरु सशंकित भएको वडाध्यक्ष यादवले बताए । उनले यादवको मृत्युबारे सुक्ष्म छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

प्रहरीले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर