मुस्ताङको गुफाभित्र आकर्षक गेस्ट हाउस (तस्बिरहरु) – Nepal Press

मुस्ताङको गुफाभित्र आकर्षक गेस्ट हाउस (तस्बिरहरु)

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ आकर्षक पठार र गुफाले पनि विश्वमा चर्चित छ । यहाँका गुफा हजारौं वर्ष प्राचिन रहेको र मानव सभ्यताको थालनी पनि भएको किम्बदन्ती छ । मुस्ताङका यिनै गुम्बा अहिले पुनः चर्चामा आउन थालेका छन् ।

माथिल्लो मुस्ताङको लोमान्थाङ-२ छोसेर अवस्थित सेल्तामा गुफाभित्र पर्यटक बस्न मिल्ने गेष्ट हाउस सञ्चालन गरिएको छ । स्थानीय पेमा घिर्मी गुरुङले यो गेस्ट हाउस सन् २०१८ देखि संचालनमा ल्याएका हुन् । गुफाभित्र रहेको गेष्ट हाउसमा रात बिताउन स्वदेशी तथा बिदेशी पर्यटक उल्लेख्य उपस्थिती हुन थालेको छ ।

छासेरको झोङ गुफाभन्दा केही तल पर्ने अर्को मझौला गुफामा गुरुङले गेष्ट हाउस चलाएका हुन् । यो गेस्ट हाउसको नाम सेल्कार राखिएको छ । त्यहाँ पुग्न जोमसोम–कोरला राजमार्गदेखि बीस मिनेटको पैदल यात्रा गर्नुपर्छ । गुफासम्म पुग्न फलामे रेलिङसहितको सिँढीको बाटो ,गुफाभित्र ४ वटा कोठा र दुई वटा प्रबेशद्वारा निर्माण गरिएको छ ।

गुफाभित्र रहेको ४ वटा कोठामध्ये एकमा ६ वटा बेड र अर्को ३ कोठामा २/२ वटा बेडको ब्यवस्था छ । गुफा भित्रको कोठा कोठामा उनले बत्ती र पानीको ब्यवस्था समेत मिलाएका छन् । कोठाको झ्यालहरुमा पुराना ऐतिहासिक भाडा बर्तनका सामाग्री राखिएको छ । गुफाको गेष्ट हाउसबाहिर पनि सोही नामको ८ बेड क्षमताको गेष्ट हाउस छ ।

गेष्ट हाउस संञ्चालक गुरुङले गुफाभित्र बास बस्न आउने पर्यटकलाई ३ हजार देखि ७ हजार सम्म शुल्क लिने गरेको बताउँछन् । उपल्लो मुस्ताङमा दर्जनौ गुफाहरु भएपनि गुफा भित्र उनले संञ्चालन गरेको गेष्ट हाउस पहिलो हो । परापूर्वकालमा उपल्लो मुस्ताङका स्थानीय गुफा भित्रै बस्थे । गुफाभित्रको परिवारमा जति जनसंख्या बढ्यो उतिनै पहाड खोपेर गुफा निर्माण गर्ने गरिन्थ्यो भन्ने भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर