बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

२०७८ मंसिर २० गते १७:३९

काठमाडौँ । भारत र अमेरिकाका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएको छ।
सोमबार तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि सर्वसम्मतले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल प्रेसलाई जानकारी दिए।
समितिले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि अनुमोदन गरेको हो ।
संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया
सम्बन्धित खवर