आर्थिक एजेण्डामा साझा धारणा बनाउन दलहरूलाई ढकालको आग्रह – Nepal Press

आर्थिक एजेण्डामा साझा धारणा बनाउन दलहरूलाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरुको समान धारणामा जोड दिएका हुन् ।

‘अहिले अर्थतन्त्र बिस्तारै सुधार हुन थालेको छ । यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन’, ढकालले भने । लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले भैरहवा, बुटवललगायतका सहर आर्थिक केन्द्रका रूपमा पनि विकास हुँदै गरेको बताए ।

आईएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकारसहितको पर्यटकीय गन्तव्यहरू निर्माण भइरहेको र त्यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँगसमेत सहकार्य हुने जानकारी गराए ।

महामारीले अवसरको ढोका पनि खोलेको भन्दै ढकालले डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई बढाउन मद्दत पुगेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *