संसदीय सुनुवाइमा प्रस्तावित राजदूत खत्रीले भने : एमसीसी नलिने हो भने अमेरिकालाई प्रष्ट भन्नुपर्छ (भिडिओ) – Nepal Press

संसदीय सुनुवाइमा प्रस्तावित राजदूत खत्रीले भने : एमसीसी नलिने हो भने अमेरिकालाई प्रष्ट भन्नुपर्छ (भिडिओ)

‘एमसीसीमा अमेरिकाले पनि गल्ती गर्‍यो

काठमाडौं । अमेरिका, भारत र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु भएको छ ।

बेलायतका लागि राजदूतमा प्रस्तावित ज्ञानचन्द्र आचार्यले आफू राजदूत भएपछि बेलायती प्रधानमन्त्री र विदेशमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् ।

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको पनि संसदीय सुनुवाइ भएको छ । अमेरिकी अनुदान सम्झौता (एमसीसी)बारे नेपाली र अमेरिकी अधिकारीले भ्रम फैलाएको संसदीय समितिसमक्ष बताएका छन् ।

सम्झौता लिने वा नलिनेबारे नेपालले प्रष्टरुपमा अमेरिकालाई भन्नुपर्ने सुझाउँदै उनले भने, ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भएपनि अमेरिकालाई प्रष्ट भने हुन्छ ।’

एमसीसीलाई स्वयम अमेरिकाले पनि भ्रमित तुल्याएको उनको दावी थियो । ‘सहायक विदेशमन्त्री आएको बेला यसबारे उहाँसँग कुरा गरेको थियो । अमेरिकी डिफेन्स सहायकमन्त्रीले हिन्द–प्रशान्तकै हिस्सा अन्तर्गत पर्छ भनेपछि भ्रम फैलिएको देखिन्छ । यहाँनेर अमेरिकाले गल्ती गरेको छ’ खत्रीले भने ।

ठूला वैदेशिक लगानी र सहयोगलाई संसदबाट पास गर्नुपर्छ भन्ने कुरा ठीक नभएको उनको भनाई थियो । नेपालले अमेरिकालाई नेपालको भौगोलिक अवस्थिती र भारत तथा चीनको बारेमा बताउनुपर्ने उनको भनाई थियो । ‘अमेरिकालाई नेपालको असंलग्नताको सिद्धान्तबारे बुझाउनुपर्छ’ उनले भने । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर