कर्णाली प्रदेशस्तरीय रंगशाला शिलान्यास – Nepal Press

कर्णाली प्रदेशस्तरीय रंगशाला शिलान्यास

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको रंगशालाको शिलान्यास गरेका छन् ।

रंगशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाण्डौं बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो ।

मुख्यमन्त्री शाहीले ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न रंगशाला निर्माण थालिएको बताउँदै उनले त्यसअघि नै रंगशाला तयार गरिसक्नुपर्नेमा जोड दिएका हुन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रंगशालामा १० हजार दर्शक अट्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर