सेयर बजार दोहोरो अंकले बढ्यो – Nepal Press

सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज दुई सय २७ कम्पनीकोे ६९ हजार आठ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको सेयर कारोबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् ।

आज उच्च नाफा कमाउनेमा मेरो माइक्रो फाइनान्स वित्तिय संसथाका लगानीकर्ताहरू रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको सेयर मूल्यमा उच्च गिरावट आएको छ । जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर