कांग्रेस महाधिवेशनमा भाग लिन ममता बेनर्जी शनिबार काठमाडौं आउँदै – Nepal Press

कांग्रेस महाधिवेशनमा भाग लिन ममता बेनर्जी शनिबार काठमाडौं आउँदै

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

कांग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा उनी आउन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । कांगे्रस महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुँदैछ ।

बेनर्जीलाई महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निम्तो पठाएका थिए । बेनर्जीको सहभागिताले यस क्षेत्रमा लोकतन्त्रको सुदृढीकरण हुने र पार्टीगत सम्बन्ध थप मजबुत हुने अपेक्षा देउवाले पत्रमा लिएका छन् ।

नेपाल आउनको लागि बेनर्जीले केन्द्र सरकारसँग अनुमतिसमेत मागेकी छिन् । ‘मुख्यमन्त्री बेनर्जीले डिसेम्बर १० मा काठमाडौं आउन औपचारिक पत्र प्राप्त गर्नुभएको छ’ तृणमूल कंग्रेसले भनेको छ ।

बेनर्जी गोवाबाट सीधै काठमाडौं आउने कार्यक्रम छ । गोवामा उनको दल तृणमूल कंग्रेसले राज्यसभाको चुनावमा भाग लिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर