शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन – Nepal Press

शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा पराजित नेता गुरुराज घिमिरेलाई प्रस्ताव गर्ने नेताहरुले नै मत नदिएको खुलेको छ ।

घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गर्ने संस्थापनइतर समूहका केन्द्रीय नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले नै मतदान नगरेको पाइएको हो ।

सभापतिमा घिमिरे उद्धव थापासँग २ मतले पराजित भएका छन् । संस्थापन इतर समूहका नेताहरु मतदानमा सहभागि भएको भए नतिजा फरक पर्न सक्ने थियो ।

कांग्रेस केन्द्रीय सदस्य रहेका उनीहरु स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा मतदाता रहेका थिए । प्रदेश १ मा फराकिलो अन्तरले जित्ने आँकलन गर्दै केन्द्रीय नेताहरु मतदान गर्न नगएको बताइन्छ ।

‘शेखरदाई सुजाता दिदीहरुले नै मताधिकार प्रयोग नगरेपछि कसरी चुनाव जितिन्छ ?’, मोरङका एक कांग्रेस नेताले भने ।

२ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका छन् ।


प्रतिक्रिया

One thought on “शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन

  1. आफ्नै समूहले भोट नहाल्ने अनि आफै निबेदन दिने?योत हास्यास्पद भएन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर