वागमती कांग्रेसकाे सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित – Nepal Press

वागमती कांग्रेसकाे सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

हेटाैंडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९ सय २७ मत पाए ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

सभापति शेरबहादुर देउवानिकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।


प्रतिक्रिया

One thought on “वागमती कांग्रेसकाे सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

  1. हर्ष न विष्मत । यस्ता लुटाहाहरूले जिते के हारे के । यिनले पद पाए भने देश ध्वस्त पार्ने हुन् । चाैधरीका चम्चाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर