नेपालका लागि पूर्वअमेरिकी राजदूत तेप्लिजलाई राष्ट्रपति बाइडेनद्वारा सहायक विदेशमन्त्रीमा नियुक्त


काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
तेप्लिज हालै श्रीलंकाको राजदूतका रुपमा थिइन् भने सन् २०१८ देखि मालदिभ्समा राजदूतका रुपमा समेत काम गरेकी थिइन् । नेपालमा उनको कार्यकाल सन् २०१५ देखि सन् २०१८ सम्म रह्यो । सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा तेप्लिजले सेवा सुरु गरेकी थिइन् ।
उनी करिअर मन्त्री सरहको दर्जामा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत छिन् । सन् २०११ देखि सन् २०१२ सम्म काबुलमा समेत उनले काम गरेकी थिइन् ।
बंगलादेश, बेल्जियम र अष्ट्रेलियामा समेत उनले अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छिन् ।