राप्रपाको सपथग्रहण : राणा र लोहनी उपस्थित, कमल थापाद्वारा बहिष्कार (तस्बिरहरु) – Nepal Press

राप्रपाको सपथग्रहण : राणा र लोहनी उपस्थित, कमल थापाद्वारा बहिष्कार (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ ।

अध्यक्षमा पराजित उम्मेदवार कमल थापा सपथग्रहण कार्यक्रममा उपस्थित भएनन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्षहरु पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । उनी मञ्चमै बसेका थिए । थापा भने आएनन् ।

‘कार्यक्रमबारे उहाँ (कमल थापा) लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने ।

थापा अनुपस्थित भए पनि उनको पक्षका धेरै नेताहरु भने उपस्थित भएर सपथग्रहण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर