गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार – Nepal Press

गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकप्टर सेवामार्फत उद्दार गरिएको छ ।

प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३० वर्षीया शान्ता विकलाई आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्दार गरिएको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेको र थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने उल्लेख गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकप्टर झिकाएर गर्भवतीको उद्दार गरिएको हो ।

यसअघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको, यसपल्ट आठ महिनामै प्रसूति व्यथा सुरू भएको, अण्डाशयमा पानीका फोकाहरू देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए ।

उद्धार गरिएका शान्तालाई प्रसूति गृह थापाथली काठमाडौ‌ं लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर