यी हुन् विभिन्न क्लस्टरबाट निर्वाचित राप्रपाका केन्द्रीय सदस्य (मत परिणामसहित) – Nepal Press

यी हुन् विभिन्न क्लस्टरबाट निर्वाचित राप्रपाका केन्द्रीय सदस्य (मत परिणामसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व छनोट भएको छ । पार्टीमा अध्यक्ष र पदाधिकारीसहित १४९ केन्द्रीय सदस्यको लागि चुनाव भएको थियो ।

अध्यक्षमा राजेन्द्र लिङदेनले जित हासिल गर्दा पदाधिकारीतर्फ भने कमल थापा पक्षधरहरु धेरै निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ ।

पुरुष तथा महिला केन्द्रीय सदस्यको खुल्ला प्रतिस्पर्धाबाट ५७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये डा. राजेश गिरीलाई सबैभन्दा लोकप्रिय मत प्राप्त भएको छ । उनले २२५८ भोट ल्याएका छन् ।

परिणाम अनुसार मुस्लिम खुल्ला केन्द्रीय सदस्यतर्फ मदिना खातुन, ताहिर अलि र अन्जरा आलम निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट मदिना खातुनले ल्याएकी छन् । उनले १७५४ भोट ल्याएकी छन् ।

महिला खुल्लातर्फ ४७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट कुन्तीदेवी पोखरेल आशा लामा र पवित्रा गिरीलाई प्राप्त भएको छ । कुतीले २०८० भोट प्राप्त गरेकी छन् ।

मधेसी खुल्लातर्फ ११ जना निर्वाचित भएकोमा ११ जना निर्वाचित भएकोमा मोहनप्रसाद यादवलाई सर्वाधिक १९५२ भोट प्राप्त भएको छ ।

आदिवासी जनजाति खुल्लातर्फ १४ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट आङनीमा शर्पालाई प्राप्त भएको छ । उनले २०२५ भोट ल्याएकी छन् ।

खुल्ला केन्द्रीय सदस्यमा कमल थापाका भाइ गणेश थापा र उनका छाेरा अभिशेक थापा विजयी भएका छन् । कमल थापाकी छाेरी प्रतिष्ठा थापाले पनि महिला केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन् ।

यस्ताे छ अन्तिम मतपरिणाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर