कुन्ति शाहीलाई रेखाको चुनौति – वैशाखमा फिल्म बनाउँदैछु, आमाको रोल दिउँला (भिडिओ) – Nepal Press

कुन्ति शाहीलाई रेखाको चुनौति – वैशाखमा फिल्म बनाउँदैछु, आमाको रोल दिउँला (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् । शाहीले चलचित्रमा अभिनय गर्नुजस्तो सजिलो राजनीति नभएको भन्दै रेखाले महामन्त्रीमा दावी गर्ने बेला नपुगेको बताएपछि रेखा उनीविरुद्ध खनिएकी छन् ।

मतदान चलिरहेका बेला शनिवार पत्रकारहरुसँग कुरा गर्दै अभिनेत्री समेत रहेकी महामन्त्री उम्मेदवार रेखाले कुन्ति शाहीले एउटा नेताको चाकडी गरेर कोठे राजनीति बताइन् । कुन्तिका लागि राप्रपाका अन्य क्षमतावान महिला नेतृहरुको आवाज दमित गराइएको आरोप समेत उनले लगाएकी छन् ।

१८ वर्षदेखि एउटै कुन्ति शाहीलेमात्र राप्रपामा अवसर पाएको र दुईपटक कमल थापाले मन्त्री बनाएको भन्दै रेखाले आफू राप्रपाका दमित महिलाको तर्फबाट उम्मेदवार बनेको बताइन् । राजनीति अभिनय जस्तो होइन भनेकोमा समेत रेखा आक्रोशित भइन् ।

उनले भनिन् – उहाँले अभिनय गर्नुजस्तो सजिलो राजनीति होइन भन्नुभएछ । ठिक छ मेरो चुनौति छ, वैशाखमा म फिल्म बनाउँदैछु त्यसमा उहाँलाई अभिनय गर्न चुनौति छ । हिरोइनको रोल त उहाँलाई सुहाउदैन, आमाको रोल दिउँला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर