अब चितवनबाटै स्मार्ट लाइसेन्स रिन्यू गर्न सकिने – Nepal Press

अब चितवनबाटै स्मार्ट लाइसेन्स रिन्यू गर्न सकिने

चितवन । चितवनमा आजदेखि स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गरेका हुन् ।

प्रचण्डले एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र लाइसेन्सको नवीकरणपत्र वितरण गरेर सेवा सुचारू भएको घोषणा गरिएको हो । अबदेखि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरबाट नवीकरण गर्न सकिने भएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनलाई नेपालकै ठूलो यातायात सेवाको हब बनाइने प्रतिबद्धता जनाए ।

उनले सरकारबाट जग्गा उपलब्ध गराएर सुविधासम्पन्न भवन निर्माण गर्न पहल गर्ने पनि बताए । सेवा कार्यालयलाई यातायात कार्यलयका रुपमा विकास गरिने उनको भनाइ थियो ।

२०७७ वैशाख ६ गते सवारी साधन दर्ता समेत विस्तार गर्ने निर्णयपछि यहीं साउन २८ गतेदेखि सवारी साधान दर्ताको प्रक्रिया सुरु भएको हो । भदौ ३ गते कार्यदेश पाएपछि यही मंसिर ५ गतेबाट सवारी चालक अनुमति पत्र नवीकरणको काम ट्रायल गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर