पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : अध्यक्ष नेपाल – Nepal Press

पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : अध्यक्ष नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताएका हुन् ।

उनले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गरे ।

अध्यक्ष नेपालले भने, “अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, हाम्रो पार्टी आउँदो निर्वाचन देशव्यापीरूपमा जित्नेछ, हामीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ ।”

कार्यक्रममा माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य तथा अन्य पार्टीबाट डा. दिनेश भुजु, डा लक्ष्मी शिल्पकार, डा. राजन सुवाल, डा. प्रकाश सुवाल, डा. तिलक श्रेष्ठ, डा. अनुपमा अमात्य, इञ्जिनीयर रविन ढुकुछुलगायत एकीकृत समाजवादीमा प्रवेश गरेको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष नेपाल, उपाध्यक्ष प्रवेश हमाल, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, सचिव गङ्गालाल तुलाधर, पोलिटब्युरो सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, प्रदेश सचिव लक्ष्मण लम्साल, भक्तपुर जिल्ला अध्यक्ष बस्नेतलगायतले पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर