कमल थापा र रेखा थापाबीच ‘नो कमेन्ट’ को दोहोरी – Nepal Press

कमल थापा र रेखा थापाबीच ‘नो कमेन्ट’ को दोहोरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नै लाग्दा राप्रपा अध्यक्ष कमल थापा र महामन्त्रीकी उम्मेदवार रेखा थापाबीच दोहोरी चलेको छ। यसको शुरुवात भने कमल थापाले गरेका हुन् ।

आफू विरोधी खेमाबाट महिला कोटाबाट महामन्त्रीकी उम्मेदवार बनेर रेखा चुनाव प्रचार प्रसारमा लागेका बेला कमलले आफ्नो ट्वीटरमा एउटा पुरानो भिडियो क्लिप सेयर गरेका छन् । ‘ग्लयामर गफ’ कार्यक्रममा रेखाले आफूलाई गणतन्त्रको पक्षमा उभ्याएकी छिन्, जुन राप्रपाको वैचारिक लाइन विपरित हो ।

चुनावी माहोल तातिएका बेला कमल थापाले उनलाई असर पर्नेगरि पुरानो भिडिओ सेयर गर्दै लेखेका छन्– हा हा हा । नो कमेन्ट। रेखा पनि के कम ट्वीटरमै कमल थापाले सेयर गरेको भिडियो क्लिप मुनी प्रतिक्रिया जनाउँदै एउटा पुरानो भिडियोको क्लिप राखेकी छिन् । जसमा उनले लेखीकी छिन्– नो कमेन्ट।

पत्रकार ऋषि धमलासँग कुरा गरेको त्यो भिडियो क्लिपमा कमल थापाले एमसीसी पारित गर्नुपर्ने मत राखेका छन्। आफूलाई अब्बल राष्ट्रवादी दावी गर्ने कमल थापाको एमसीसीप्रतिको त्यो धाराणा विरोधाभास छ ।

चुनावको मौकामा बाठी रेखाले कमलाई प्रतिकार गर्दै त्यो भिडिओ क्लिप सेयर गरेकी हुन्। यसले कसलाई कति असर पार्छ त्यो भने चुनावी नतिजाले नै देखाउला।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर