मार्टिन्जको ह्याट्रिकमा सातदोबाटोको सानदार जित – Nepal Press

मार्टिन्जको ह्याट्रिकमा सातदोबाटोको सानदार जित

काठमाडौं । मार्टिन्ज अजाईको ह्याट्रिक प्रेरित शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई ४–१ गोलको नतिजामा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफमाथि सानदार जित निकालेको हो ।

सातदोवाटोका लागि ४२ औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडी परेको एपीएफका लागि ४९औं मिनेटमा विकि तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै शुशिल राईले सातदोबाटोका लाति तेस्रो गोल गरे । मार्टिन्जले ५८औं मिनेटमा ह्याट्रिक पुरा गर्दै सातदोबाटोका लागि चौथो गोल गरे ।

एपीएफ माथि नवप्रवेसि क्लबले खेलको अन्तिम समयसम्म पनि निकै दवाव सृजना गरेको थियो ।

एपीएफका लागि ३० औं मिनेटमा विकि तामाङको कर्नरमा कप्तान नविन लामाको हेडर गोल पोष्ट नजिकै बाट बाहिरियो ।

यस्तै, ४० औं मिनेटमा सातदोबाटोका मार्टिन्स अजाईले गरेको प्रहार एपीएफका राजन गुरुङले गोललाइन बाट क्लियर गरेका थिए ।

जितसँगै तीन खेलबाट ७ अंक जोडेर लिग तालिकाको शिर्ष स्थानमा पुगेको छ । भने लगातार तेस्रो हार बेहोरेको एपीएफ तालिकाको पुछारमा छ ।

पहिलो खेलमा फ्रेन्डस क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री–स्टार क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो ।

पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोलको नतिजामा पराजित भएको एपीएफ दास्रो खेलमा च्यासल युथ क्लबसँग १–० ले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *