इलामका नौ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न – Nepal Press

इलामका नौ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाम । नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए ।

सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको छ । हाल सम्मेलन भएका धेरै ठाउँमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो भने केही पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

माइजोगमाई गाउँपालिकामा कुविरमान राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा झुलेन्द्र पौडेल र भविन खत्री र प्रेम तामाङ निर्वाचित भएका छन् । उपाध्यक्ष भने मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको हो । यस्तै सचिवमा देवीभक्त सिवाकोटी, सहसचिवमा विपिन भट्टराई र कोषाध्यक्षमा देवीमाया राई चयन भएका छन् ।

चुलाचुली गाउँपालिकामा पृथ्वीराज राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । त्यसको उपाध्यक्षमा धनदेवी पोख्रेल, दीपक श्रेष्ठ र गजेन्द्र सुनुवार रहेका छन् । सचिवमा भगीरथ भट्टराई, सहसचिवमा नारायण निरौला र कोषाध्यक्षमा इन्द्रकुमार नेम्वाङ चयन भएका छन् ।

यता माई नगरपालिकामा भने धनकुमार लिम्बुको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको छ । माई नगर कमिटीको उपाध्यक्षहरूमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । नगर समितिको सचिवमा चक्र कटुवाल, सहसचिवमा समीर राई र कोषाध्यक्षमा युवराज ढकाल चयन भएका छन् ।

इलाम नगरपालिकामा प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय कमिटी बनाइएको छ । त्यसको उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई ९दिपेन० र विक्रमजित राई चयन भएका छन् । सचिवमा तारानिधि घिमिरे, सहसचिवमा नवीन फागो र कोषाध्यक्षमा विविमाया लिङदम चुनिएका छन् ।

देउमाई नगर समितिको अध्यक्षमा भने शान्ता बस्नेत चयन भएकी छिन् । त्यस्तै उपाध्यक्षमा अशोक प्रधान, तारा सुवेदी र टिकाराम बराइली निर्वाचित भएका छन् । नगर सचिवमा तुलसी लिम्बु, सहसचिवमा प्रेम कुमार राई र कोषाध्यक्षमा शारदा राई चयन भएका छन् ।

सूर्योदय नगरकमिटीको अध्यक्षमामा भने संदिप तामाङ चयन भएका छन् । ५५ सदस्यीय कमिटीको उपाध्यक्षमा देवीप्रसाद उप्रेती र घनश्याम पौडेल र सोनीका राई, सचिवमा मेहेरराज आचार्य, सहसचिवमा विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य चयन भएका छन् ।

फाकफोकथुम गाउँपालिकामा केवी वान्तवाको अध्यक्षतामा ४५ सदस्यीय पालिका समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण घतानि, केदारनाथ खनाल र अरुण दर्लामी छन् । सचिवमा प्रकाश राई, सहसचिवमा हेमकर्ण निरौला र कोषाध्यक्षमा विष्णुमाया थापा चुनिएका छन् ।

माङसेबुङ गाउँपालिकामा जनम खम्बुको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको छ । प्रथम गाउँपालिका सम्मेलनबाट उपाध्यक्षमा नरबहादुर लिम्बु, पृथ्वीमान जवेगू र देवीकुमार लिम्बु चयन भएका छन् । त्यस्तै सचिवमा डकिन्द्र लिम्बु, सहसचिवमा सुरेश राई र कोषाध्यक्षमा मिना कुमारी मगर चुनिएका छन् ।

माओवादी केन्द्रले रोङ गाउँपालिकाको अध्यक्षमा देउकुमार राई चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा भक्त खवास, सरस्वती विक र चन्द्रप्रकाश कुवर निर्वाचित भएका छन् । समितिको सचिवमा इन्द्रबहादुर राई, सहसचिवमा राम राई र कोषाध्यक्षमा इच्छाराम राई चुनिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर