संसद पुनःस्थापनाको गुन बिर्सेका छैनौं, न्यायपालिकाको समस्यामा हामी सघाउँछौं : प्रचण्ड (भिडिओ) – Nepal Press

संसद पुनःस्थापनाको गुन बिर्सेका छैनौं, न्यायपालिकाको समस्यामा हामी सघाउँछौं : प्रचण्ड (भिडिओ)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको समस्या समाधानका लागि सहयोग गर्ने बताएका छन् ।

गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमास्थलमा पत्रकारहरुसँग कुरा गर्दै संसद पुर्नस्थापना गरि अदालतले लगाएको गुन आफूहरुले नबिर्सेको उल्लेख गर्दै सहयोग गर्ने बताएका हुन् ।

उनल भने, ‘यो तपाईहरुले थाहा पाएकै कुरा हो नी, संसद पुर्नस्थापनाका लागि न्यायपालिकाबाट पोजेटिभ काम भएको छ । त्यो विर्षेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।’

अध्यक्ष प्रचण्डले संसदमा नेकपा एमालेको अवरोध कामयै रहनेपनि चल्ने बताए ।

सुरुबाट नै एमालेले अवरोध गरेपनि संसद सञ्चालन भएर बजेट पारित भएको स्मरण गर्दै उनले भने, ‘उहाँहरुले सुरु देखिनै अवरोध गरिराख्नु भएको छ, तर अधिवेशन पनि चल्यो, बजेट पनि पारित पनि भयो, त्यसैगरि चल्छ । नियत ठिक छैन भन्नेकुरा पुरै नेपालीले देखि सके, महाधिवेशन गरेपछि पोजेटिभ हुन्छ की भनेको त्यो पनि नहुने भो, पेल्ने कुरा होईन प्रकृया अघि बढ्छ ।’

उनले स्थानीय तहको निर्वाचनका विषयमा अहिले छलफल भइरहेको पनि बताए । उनले भने, ‘निर्वाचनका कामहरु अघि बढ्दै जान्छ । स्थानीय तहको निर्वाचनको मिति टुङ्गो लागेको छैन । मलाई जहाँ सम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर