विश्वचर्चित र्‍यापर राजा कुमारी काठमाडौंमा (तस्बिरहरु) – Nepal Press

विश्वचर्चित र्‍यापर राजा कुमारी काठमाडौंमा (तस्बिरहरु)

काठमाडौं । ग्रामी अवार्ड मनोनित विश्वचर्चित र्‍यापर राजा कुमारी कन्सर्टका लागि शुक्रबार नेपाल आइपुगेकी छिन् । उनले भोलि काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा आयोजना हुन लागेको कन्सर्टमा भाग लिनेछिन् ।

शुक्रबार दिउँसो १ बजे भारतबाट नेपाल आइपुगेकी राजा कुमारीले काठमाडौं एयरपोर्टमा ‘नमस्ते नेपाल’भन्दै संचारकर्मीलाई अभिभावदन गरिन् ।

नेपाली दर्शकमाझ आफूले नयाँ एल्बमबाट गीत सुनाउने पनि उनले बताइन् । उनको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि सन् २०१७ मा नेपाल आएकी उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी थिइन् ।

फरेनहाइट क्लबका सीइओ मिलन श्रेष्ठले राजा कुमारीलाई नेपाल ल्याउन कठिन भएपनि आफूहरु यसमा सफल भएको बताए । कोरोनाभाइरस महामारीबाट नेपाल सामान्य अवस्थामा फर्किएको सन्देश दिन राजा कुमारीको कन्सर्ट सफल हुने उनले बताए ।

वास्तविक नाम स्भेता यल्लाग्रगढा राओ रहेकी उनको स्टेज नाम राजा कुमारी हो । संगीतको सर्वोच्च ग्रामी अवार्ड मनोनित उनले विश्व संगीतका ठूला नामहरु गिवेन स्टेफानी, फिफ्थ हार्मोनी, फलआउट ब्वाइ र डिभाइनसँग सहकार्य गरेकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर