स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्: कोन्टे – Nepal Press

स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्: कोन्टे

काठमाडौं । टोटेनह्यामका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले युवा खेलाडी ओलिभर स्किपको प्रदर्शनको प्रशंसा गर्दै उत्कृष्ट मिडफिल्डर बन्न सक्ने बताएका छन् । बिहीबार राति भएको खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डलाई २–० को नतिजामा पराजित गर्दा स्किपले उत्कृष्ट प्रदर्शन दिएका थिए ।

खेलपछि मिडियासँग कुरा गर्दै कोन्टेले २१ वर्षीय मिडफिल्डरको खुलेर प्रशंसा गरे ।

‘स्किपले अन्य खेलाडी झैँ आज उत्कृष्ट प्रर्दन गरे,’ कोन्टेले भने, ‘उनी युवा छन्, र अझै आफूलाई सुधारेर उत्कृष्ट बन्ने मौका पनि उनीसँग छ ।’

‘उनले आज ग्रेट इन्टेनसिटीसँग खेले, प्यासन र मनदेखि नै खेले, त्यो एकदमै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘उनी २१ वर्षका मात्रै छन् भन्ने कुराले केही महत्त्व राख्दैन । उनी खेल्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *