कक्षा १२ को रिजल्टपछि करिश्माले भनिन् : सोचेअनुसारकै भयो, सन्तुष्ट छु – Nepal Press

कक्षा १२ को रिजल्टपछि करिश्माले भनिन् : सोचेअनुसारकै भयो, सन्तुष्ट छु

काठमाडौं । नायिका करिश्मा मानन्धरले कक्षा १२ काे खुड्किलाे पार गरेकी छन् ।

आज प्रकाशित नतिजाअनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् ।

आफुले सोचेअनुसारकै नतिजा आएको करिश्माले नेपाल प्रेससँग बताइन् । उनका अनुसार दुईवटा विषयमा एप्लस आएको छ भने समग्रमा बी प्लस आएको छ ।

‘औसत नतिजा आएको छ, मैले त्यति नै अपेक्षा गरेको थिएँ,’ करिश्माले भनिन् ।

करिश्माको जीपीए २.४१ रहेको छ । उनले अब पढाइलाई निरन्तरता दिने बताइन् ।

करिश्माले गोदावरीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी थिइन् । आफूले चाहेको विषय उपलब्ध भएमा त्यही कलेजमा स्नातक तह अध्ययन गर्ने उनको सोच छ ।

करिश्माले भनिन्, ‘मलाई पायक त त्यहीँ पर्छ । सकेसम्म यसमै पढ्छु । तर, चाहेको विषय मिलेन भने अन्यत्र पनि जान सक्छु ।’


प्रतिक्रिया

2 thoughts on “कक्षा १२ को रिजल्टपछि करिश्माले भनिन् : सोचेअनुसारकै भयो, सन्तुष्ट छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *